आजको तस्वीर (Today's Photo)

ताजा समाचार (Recent News)
काभ्रेली.कम संवाददाता
बनेपा, २० असोज
गणतान्त्रिक नेपालको सरकारले पहिलो पटक प्रस्तुत गरेको बजेटमा समेत डाँडापारि क्षेत्र उपेक्षित बनेको छ । अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले प्रस्तुत गरेको बजेटमा विषगत कार्यालयमा सञ्चालन गरिने बाहेक अधिकांश योजनामा डाँडापारि परेको छैन । नामै तोकेर छुट्ट्याइएका १ हजार ५० योजनामध्ये चार मात्र डाँडापारिका लागि छन् । कोशीपारिका १७ गाविसका लागि समेत अत्यन्त न्यून २० योजना मात्र नाम तोकिएका छन् ।
कपिल कोइराला
बनेपा, २० असोज
नेपालीको चाड दशैको चहलपहल बढेको छ । बनेपा, पनौती, धुलिखेल, पाँचखाल, भकुण्डेवेशी, साँगा, नाला, कुशादेवी, दोलालघाट, महादेवस्थान, दाप्चा, ढुर्ंखर्क, मंगलटार, कानपुर लगायतका क्षेत्रमा दशैका लागि सामान किन्नेहरुको भीड र दशै मनाउनका लागि गाउँ र्फकनेहरु पनि धेरै छन् । विशेष गरी व्यापारिक नगरी बनेपाका पसलहरुमा खुट्टा हाल्ने ठाउँ छैन तर यही बनेपामा दशैका सामान लिएर ओहोरदोहोर गर्नेहरुका सामान बोकेर दशैलाई दशाको रुपमा लिने पनि धेरै छन् ।
काभ्रेली.कम
ज्याम्दी -काभ्रे), १७ असोज
ज्याम्दी-२ छापकी साइली लामालाई केही महिना अघिसम्म एक गाग्री पानी ल्याउनका लागि तीन घण्टाभन्दा बढी समय लाग्थ्यो तर अहिले उनको आँगनमै खानेपानीको धारा छ ।
काभ्रेली.कम
काभ्रे, १७ असोज
ज्याम्दी-२ को नमुना प्राथमिक विद्यालयको सेवा क्षेत्रलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
काभ्रेली.कम
काभ्रे, १७ असोज
विषाक्त 'सोफी' नामक मदिरा सेवनबाट काभ्रेका विभिन्न क्षेत्रमा र्सवसाधारणको मृत्यु हुन थालेपछि प्रहरीले मदिरा बरामद गरेर नष्ट गर्न थालेको छ ।
काभ््रेली.कम संवाददाता
बनेपा, १४ असोज
मानवअधिकारका विषयमा कुराहरु धेरै भए पनि केही काम नभएको भन्दै द्वन्द्वकालमा वेपत्ता बनाइएका परिवारका सदस्यहरुले आक्रोश पोखेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले पनि मानवअधिकारको विषयलाई सामान्य कार्यक्रममा मात्र सीमित राखेको उनीहरुको भनाई छ ।
काभ्रेली.कम संवाददाता
काभ्रे, ९ असोज
स्थानीयबासिन्दा तथा गाडीचालकसँग हिजो भएको झडपमा प्रहरीद्वारा पक्राउ गरिएका ७ जना युथ फोर्सका कार्यकर्तालाई आज जिल्ला प्रहरी कार्यालयले रिहा गरेको छ ।