Thursday, 16 October 2008 07:11 am Nepal
News & Information with Entertainment
Photo Gallery
भदौ २६ गते राष्ट्रपतिसँगको कुराकानीपछि राष्ट्रपतिसँग सामुहिक फोटो खिचाउँदै काभ्रेली बालबालिका
तस्वीरहरु : भीम गौतम/काभ्रेली.कम
आजदेखि काभ्रेको पनौतीमा सुरु भएको अनेरास्ववियुको २४ औं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै स्कुले बालबालिकाहरु । तस्वीर : काभ्रेली.कम
भदौ २१ गतेदेखि काभ्रेको बनेपामा सुरु भएको निःशुल्क योग शिविरमा योगाभ्यास गर्दै बनेपाका स्थानीय बासिन्दाहरु । उक्त शिविरमा योग गुरु ललितशंकर योगीले प्रशिक्षण दिइरहेका छन् । तस्वीरः विनोद न्यौपाने/काभ्रेली.कम
तीजको अवसरमा बनेपाको धनेश्वर महादेवको दर्शन गरेर फर्कने क्रममा तीजको गीत गाएर नाच्दै महिलाहरु । तस्वीर : कपिल कोइराला/काभ्रेली.कम
माओवादी कार्यकर्ताको कुर्टाईबाट घाइते भएका काभ्रेको बनखु गाविस-६ का ७२ वषीय वीरवादुर घलान भदौ ११ गते बनेपामा पत्रकारहरुसँग घटनाबारे जानकारी दिँदै । तस्वीरः नारायण सापकोटा/काभ्रेली.कम
काभ्रेको बनेपामा १ सय ६ वर्षेखि चल्दै आएको कन्यापूजामा पूजिनका लागि लामवद्ध कन्याहरु । प्रत्येक वर्षकृष्णजन्माष्टमीका दिन बनेपामा कन्या पूजा हुनेगर्छ ।
तस्वीरः भीम गौतम/काभ्रेली.कम
भालेश्वर मावि पनौतीले आज (भदौ४) देखि शुरु गरेको श्रीमद् भागवत नवाह ज्ञान महायज्ञको उद्घाटन अघि पनौती बजारमा आयोजना गरिएको कलश यात्रामा सहभागी स्थानीय महिलाहरु । १ हजार १ कलशलाई बजार परिक्रमापछि महायज्ञस्थल पुर्याइएको थियो । तस्वीरः काभ्रेली.कम
साउन २९ गते बनेपाको बहुप्राविधिक महाविद्यालयमा पत्रकार र भूतपूर्व खेलाडीबीच भएको मैत्रीपूर्ण फूटबल प्रतियोगिताको एक दृश्य । तस्वीरः काभ्रेली.कम
साउन २७ गतेदेखि प्रकाशन आरम्भ भएको 'हाम्रो इन्द्रावती' साप्ताहिकको लोकार्पण कार्यक्रममा लोकार्पणपछि पत्रिका पढ्दै पाठकहरु । तस्वीर : कपिल कोइराला, काभ्रेली.कम
भारतको चमौलीमा विहीबार भएको दुर्घटनामा मृत्यु भएका काभ्रेलीको शव आज मृतकका आफन्तहरुलाई बुझाउने क्रममा । आज साउन १९ गते १३ जनाको शव आफन्तलाई बुझाइएको छ । तस्वीरहरु : नारायण सापकोटा/काभ्रेली.कम
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएको विरोधमा साउन ११ गते बनेपामा नागरिक समाजका सदस्यहरु झाको पुत्ला दहन गर्दै । पुत्ला दहनअघि बुडोलबाट निस्किएको जुलुस बनेपा नगर परिक्रमापछि कोणसभामा परिणत भएको थियो । तस्वीरः कपिल कोइराला/काभ्रेली.कम
धुलिखेलको कर्णालीको रुपमा रहेको चंखुवेशीमा बाटो खन्दै पुगेको डोजर । नगरपालिका भएको दशकौंपछि यहाँका स्थानीय बासिन्दाले आफ्नो घर-आँगनमै मोटर पुगेको देख्न पाएका छन् । तस्वीरः भीम गौतम/काभ्रेली.कम
0
1
2
3
4
5
6