सिंगो नेपालअधिराज्यमाझैंयस जिल्लामा पनि विभिन्न भाषाभाषी, जातजाति र धर्मानुयायीहरू को उपस्थिति देख्न सकिन्छ । राष्टिय जनगणना २०५८ को प्रतिवेदन अनुसार यस जिल्लामा विभिन्न ५० थरि जातजाति, ६ थरि धर्मावलम्बीहरू र २० वटा भाषाहरू व्यवहारमा रहेका भेटिन्छन् । प्रति वर्ग कि.मि.२७६ जना बसोबास गर्ने यस जिल्लाकासबै जातजातिहरू माझ तामाङ्गहरूको बाहुल्य देखिन्छ भनेदोश्रो, तेश्रोर चौथो स्थानमा क्रमशःव्राह्मण, क्षेत्री र नेवार रहेकाछन् ।
जनजातिहरू मध्ये पर्ने पहरी जातिको उपस्थिति यस जिल्लामा अधिराज्यका अन्यजिल्लाहरूमा भन्दा र्सवाधिक -३४९८) देख्न सकिन्छ ।भाषाहरू मध्ये नपाली, तामाङ्ग र नेवारी क्रमशः प्रथम, दोश्रो र तेश्रो स्थानमा रहेका छन् भने हिन्दू र बौद्ध धर्मले दुइ शीर्षस्थ स्थान ओगटेका छन् । ज्ञातव्य छ, गरिबी र वञ्चितता सूचकाङ्क-नेपालका जिल्लागत विकास सूचकहरू :ICIMOD, पृष्ठ १६) मा काभ्रे उत्कृष्ट १८ औं स्थानमा पर्दछ ।