भौगोलिक स्थिती
2009-10-10 09:34:15


नेपाल अधिराज्यको मानचित्रमा ८५०२४ '-८५०५३ ' पूर्वी देशान्तर र २७०२० '-२७०४५' उत्तरी अक्षांशकाबीच फैलिएर रहेको काभ्रे जिल्लाको क्षेत्रफल १३९६ वर्ग कि. मि. रहेको छ । काठमाण्डौं उपत्यकादेखि सबभन्दा नजिकमा रहेको अर्को जिल्ला सदरमुकाम धुलिखेल हो । यस जिल्लाको सिमाना वागमती अञ्चलका काठमाण्डौं (पश्चिम), भक्तपुर -पश्चिम), ललितपुर -पश्चिम), सिन्धुपाल्चोक (उत्तर), जनकपुर अञ्चलका रामेछाप, दोलखा (दुवै पूर्व) र सिन्धुली (दक्षिण) अनि नारायणी अञ्चलको मकवानपुर (दक्षिण) समेत गरी कुल आठ वटा जिल्लासँग जोडिएको छ । जिल्लाको दक्षिणी सीमा हुँदै बग्ने साल्मे चाकल गा. वि.स. स्थित को खाजोरखोला आस पास यस जिल्लाकै न्यूनतम उचाइ बिन्दू (करिब २८० मि.) फेला पर्दछ भने ३०१८ मिटर उचाइ रहेको बेथाञ्चोक नारायण डाँडा (ढुंखर्क गा.वि.स.) नै र्सवाधिक उच्च बिन्दू हो । जिल्लाको औसत लम्बाइ (पूर्व/पश्चिम) ४२.०५ कि. मि. छ भने औसत चौडाइ (उत्तर/दक्षिण) ३५.४२ कि.मि. रहेको छ । इन्द्रावती, सुनकोशी, वागमती र रोशी यस जिल्ला हुँदै बग्ने ठूला नदीहरू हुन् । जिल्लाभित्र साना ठूला गरी ४९२ वटा नदीनालाहरू रहेका र तिनीहरू बाट कुल १५७३ कि.मि. जलप्रवाह हुने अनुमान छ ।
अधिराज्यको मध्यपहाडी क्षेत्रमा पर्ने यस जिल्लामा अर्धउष्ण, न्यानोस मशीतोष्ण र ठण्डा शीतोष्ण गरी मोटामोटी तीन प्रकारका हावापानी पाइन्छ । भूमिको बनावट हेर्दा कुल भूमिमध्ये ५२.५%, ४१.३%, ५.१% र १.१% भू-भाग क्रमशः ज्यादै भिरालो जमिन, कम भिरालो जमिन, फाँट र ग्राभेल, ढुंगा / नदीले ओगटेको छ ।
यो विषयका प्रतिक्रियाहरु
Amrit Gautam :May 14, 2010 09:36:41 AM
के को नि माओबादी हरु ले त येश्लाई ताम्सालिंग गणराज्य घोषणा गरिसक्यो अब तेई त हो नि
काँईलो:Mar 23, 2010 02:07:21 PM
नेपाललाई अब अधिराज्य होइन राज्य भन्नुपर्यो किनभने २०६५ साल जेठ १५ गते बसेको संबिधान सभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र घोषणा गरिसकेको छ। अरु तथ्यांक हरु त ठिकै जस्तो लाग्छ। बि. स. २०२१ सालमा नेपाललाई १४ अंचल ७५ जिल्लामा प्रशासनिक बिभाजन गर्नुपूर्व यो क्षेत्र पूर्व १ नम्बर क्षेत्र अन्तर्गत पर्दथ्यो।
rajan tiwari:Oct 5, 2009 06:09:17 PM
hello everybody